भेटौँला कतै,
चाँदनीको चम्किलो स्पर्श भएर
अँध्यारोको काखमा
हतारको पहिलो आँसु भई
तिम्रो छायाँमा
सपनाका पात हुँदै मायाको बगैंचा फुलौँला
अधुरी यादमा
जिन्दगीको चोटमा मीठो मुस्कान भई आउँला
तिम्रो जीवनमा
विछोडमा पग्लिउँला तिम्रो नामले
गृष्ममा पसिना भई आउँला
ओठमाथी बर्सातमा तप्किउँला बलेसीँ
बाटोमा सितारा झरेसम्म पर्खनु,
पहिलो हिउँ पछि हिमालबाट हाँसो फैलिएसम्म पर्खनु
पारिजात झर्ने रातसम्म पर्खनु,
अझै फुल्न बाँकी छ म
तिमीले रोपेको सम्झनाको डालीमा !!
-प्रिय मनसरा…
