कति गहिरो हुन्छ
मौन
बस्नु..
फगत एक वाक्य त हो
तर मार्छ- बिना हतियार।
कति नरम हुन्छ
एउटा सम्झना
आउनु..
फगत एक झल्को त हो
तर बहकाउँछ- बिना कारण।
कति भारी हुन्छ
एउटा विदाइ
जानु..
फगत एक पाइल त हो
तर तोड्छ- सम्पूर्ण बाटो।
कति चिसो हुन्छ
एउटा वाचा
टुट्नु..
फगत एक झुट त हो
तर जलाइदिन्छ- पुरै मन।
आशा पनि त कहिलेकाहीं थाक्छ !
होइन र?
हुन त घाम उही न हो!
तर फरक पर्छ
बिहानको कलिलो किरण
र रापिलो मध्यान्हमै।
जसरी
समयले पनि त रङ्ग फेर्छ!
होइन र मनसरा ??
-मनसरा
