म म नै हु !!!
किनकी …
म म जस्तै छू
किनकी मसँग मेरो आफ्नै परिभाषा छ
आफ्नै बुझाई छ,
आफ्नै भोगाई छ
म संग मेरो आफ्नै जीवन दर्शन छ
म मेरो लागी म सिबाय केही हैन !!!
तर देखने हरुले मलाई जे पनी देख्छन
देखनेहरुले जस्तो पनी देख्छन
म भन्दा अग्लो हरु मलाई होचो देख्छन
म भन्दा होचो हरुले मलाई अग्लो देख्छन
फेदबाट हेर्नेहरुले मलाई टुप्पामा देख्छन
टुप्पा बाट हेर्ने हरुले मलाई
फेदमा टेक्छन
म भन्दा शुन्दर हरुले मलाई
कुरूप देख्छन
म भन्दा कुरूप हरुले मलाई
शुन्दर देख्छन
मभन्दा थोरै राम्राहरु मलाई
नराम्रो देख्छन
म भन्दा नराम्रो हरु मलाई
राम्रो देख्छन
म भन्दा सोझो शिधाहरु मलाई
बांगोटिंगो देख्छन
अनि म भन्दा अलि बांगोहरु मलाई
सोझो देख्छन
तर खै मैले थाहा पाउदा देखि म जस्तो थिए त्यस्तै छू
म जहां थिए त्यही छू हुनसक्छ …
मेरो उमर फेरियो
मेरो थोरै रूप फेरियो
अनि थोरै रंग फेरियो
तर
म त्यही मान्छे हु जो हिजो थिए
र त म भन्छु
दुनियाले मलाई जस्तो बुझोस
दुनियाले मलाई जसरी हेरोस
तर म म नै हु॥॥
