Dear गुण्डा ,
तिमी युगको त्यो सँघारमा जन्मिएका छौ, तिम्रो अगाडि भविष्यको अग्लो पहाड छ र म इतिहासको यो कठघरामा उभिएको छु, मेरोसामु ‘नोस्टाल्जिया’ को गहिरो सागर छ । त्यसैले, तिमीलाई तिम्रो यो जन्मदिनमा संगै भएर उपहार दिन सकिन, शिवाय शुभकामनाका केही शब्दहरू !
आज तिम्रो जन्मदिन ,आजै हो तिमीले यस धर्तीमा पाईला टेकेको ।आजबाट तिमी ६ बर्षको भयौ छोरा ।
सानो छौ बिस्तारै बुझ्ने हुदै छौ बुझ्दै जाने छौ ।
तिमीले बुझ्न धेरै छ पहिले त आफैलाई बुझ्न बाकी छ अनी तिम्री हजुरआमा ,तिम्री आमा ,तिम्रा बा र यो संसार !
तिम्रा आफन्तहरुलाई बुझ्न धेरै कष्ट नगर्नु छोरा उनीहरुलाई बुझ्न थोरै राम्रो काम गरे हुन्छ आफन्त भित्र लुकेको पराई छर्लङ्ङ हुनेछ।
तिमीलाइ दुःख पर्दा आफन्त सब पलायन हुनेछन तर नआत्तीनु
नियालेर खोज दु:ख भित्र पनी खुसी अवश्य मिल्नेछ ।
दुनीया बुझ्न पनी धेरै कष्ट नगर्नु छोरा तिमीले किनकी दुनीया बुझेर कहिले सकिदैन ! तिमी ननझुकिनु है छोरा तिम्रा यात्रामा भेटिने सबै तिम्रा आफन्त,मित्र नहुन पनी सक्छन ।
किताब पढेर मान्छे महान् हुँदैन, डिग्री भनेको सामान्य औपचारिक मापन मात्र हो, जीवनका लागि तिनीहरू मूल्यवान होइनन्, इमानदार, जिम्मेवार, जवाफदेही, उत्तरदायी, श्रम गर्ने र आफ्नो सादृश्यमा अरूलाई बोध गर्न सक्नुपर्छ ।
जीवन अमूल्य छ तर यसलाई मौद्रिक मूल्यमा हिसाब गर्ने, जीवनलाई किनबेच गर्ने र वस्तुका रूपमा बुझ्ने मानव सभ्यताका शत्रुहरू हुन । आँखा चिम्लियो भने संसार अँध्यारो देखिन्छ, त्यसैले आफूले देखेको कुरा मात्र सधैं सत्य नठान छोरा। सत्यका विविध आयाम हुन्छन् । सत्यलाई बोध गर्नका लागि संवेदनशील र बहुआयामिक हुनुपर्नेछ ।
दुःख र सुख अनुभूतिजन्य विषय हुन्, यिनको आकार हुँदैन र यी स्थायी पनि हुँदैनन् । यी त आफूले आफैंलाई बोध गर्न नसक्दाका परिणाम हुन् । आफ्नो खुशीमा संसारको खुशी अन्तरनिहित छ, त्यसैले सधैं खुशी रहनुपर्छ । शक्ति, सत्ता, सम्पत्ति र प्रतिष्ठाले मानिसलाई अन्धो बनाउँछ । तर यी पानीका फोका जस्तै हुन्, जुनसुकै बेला पनि फुट्न सक्छन् ।
दियर खुवाएर दुनीया तिम्रो पक्षमा छ भनेर बिश्वाश गर्ने गल्ती कहिलेपनी नगर्नु पक्षताप बाहेक केही मिल्दैन छोरा।
गुण्डा ,तिमी छोरा मान्छे हौ !! संसार जित्ने साहस राख्नु पर्दछ तर नबिर्सनु संसार जित्नु भन्दा पहिले तिमीले आफ्नो घरबाट जित्नु पर्दछ! घर जितेर हिडेका यौद्धाहरुले कहिले हार बेहोर्नु पर्दैन ।
छोरा तिम्रा यात्रामा तिमीलाई कसैले सम्झेनन भनेर कहिले गुनासो नगर्नु दैनीकी हिड्ने बाटाका ढुङ्गाहरु पनी ठेस नलागी कसैले देख्दैनन ।
खुसी साट्न तिमीलाई कसैले याद गरेनन भनेर चित्त कहिले नदुखाउनु र कसैको दुःखमा तिमीलाई याद गरे भने कहिले वेवास्था नगर्नु सदैव सहयोग गर्नु किनकी दुःख को बेला उसलाई मात्र याद गरीन्छ जसबाट लाग्छ की आसा कहिले निरासा हुदैनन ।
कसैको आस पुरा गर्न सक्नु जती धर्म अरु केही हुदैन छोरा !
तिमी छोरा मान्छे हौ तिमीले जेल नेल ,सुःख दुःख सबै भोग्नु पर्छ ।तिमी यस्तो मान्छे बन्नु छोरा भट्टीमा भेट्नेहरुले तिमीलाई जड्याहा भनुन , समारोहमा भेट्नेहरुले तिमीलाई समाजसेबी भनुन ,पार्कमा भेट्नेहरुले तिमीलाई अभियान्ता भनुन,बिद्धानहरुको भिडमा भेट्नेहरुले तिमीलाई बिद्धवान भनुन ,कुनै अनैतिक समुहमा भेट्नेहरुले तिमीलाई डन भनुन ,
रंगमन्चमा भेट्नेहरुले तिमीलाई कलाकार भनुन र राजनिती दलहरुको बिच भेट्नेहरुले तिमीलाई एक राजनितिज्ञ भनुन !
तिमीलाई देख्ने कोही नझुक्किउन ,सबैसंग मिल्न सक्ने यस्तो मान्छे बन्नु छोरा बास्तवमा तिमी को हौ कसैले नचिनुन ।
म तिमीलाई धेरै कुरा सिकाउनेछु छोरा र तिमीबाट पनी धेरै कुरा सिक्नेछु हरेकपल हरेक प्रहर !!
म तिम्रो लागी पुरै जिॅंउनेछु !
म मात्तिएँ भने तिमीले मलाई मेरो औकात देखाउनू , म आत्तिएँ भने मभित्रको हिम्मत ब्यूँताउनू ।
मलाई थाहा छ जसले एक पल पनि खेर नफालीकन तिम्रो कदर गर्नेछ , सम्पूर्ण ज्यूँछ , त्यसकै तिमी कदर गर्नेछौ॥
जन्मदिनको अनगिन्ती शुभकामना छोरा !!
