१• श्रीमतीको मन त्यसबेला दुख्छ जब उनको श्रीमानले अरु महिलाको सल्लाह सुन्छ र घरकीलाई बेवास्ता गर्छ।

२• श्रीमतीको मन तब दुख्छ जब उसको श्रीमानले सार्वजनिक ठाउँमा आफ्नो बिबाह नभएको झै नाटक गर्छ।

३• श्रीमतीको मन तब दुख्छ जब उसको श्रीमानले श्रीमतीलाई माया गर्नुको सट्टा टिकटक फेसबुक रिल्स हेरेर भिन्दै सुत्छ।

४• श्रीमतीको मन त्यसबेला दुख्छ जब आफ्नो श्रीमानले मोबाइल फोन लक राख्छ र कसैको फोन आउदा श्रीमतीलाई रिसिभ गर्न दिदैन, र फोन उठाएपछि मस्किदै कुराकानी गर्छ र आफू बिबाहित भएको कुरा बिर्सन्छ।

५• श्रीमतीको मन त्यसबेला दुख्छ जब श्रीमानले आफुलाई वास्ता नगरेको कुरा उसको नजिक गएर गर्दा र घरमा आवश्यक पर्ने कुराहरु सुनाउँदा ढाकछोप गर्छ वास्ता गर्दैन।

६• श्रीमतीको मन त्यसबेला दुख्छ जब उनको श्रीमानले आफ्नो भन्दा अरु महिलाको विश्वास गर्नुको साथै उनीहरुको प्रशंसा गर्ने गर्छ।

७• एउटि श्रीमतीको मन त्यसबेला दुख्छ जब उनले आफू असल श्रीमती बन्ने चक्करमा श्रीमानको लागि उसलाई मनपर्ने खाना बनाउँछिन, उसको सेवा गर्छिन, उसको लागि न्वाइ ध्वाइ कोरिबाटी चिटिक्क परेर राम्री भएर बस्छिन, उसप्रती बफादार रहन्छिन, तर उसले श्रीमतीले आफुलाई गरेको बारेमा कुनै प्रतिक्रिया गर्दैन. उनलाई बेवास्ता गर्ने र यो सबै स्वास्नी मान्छेले गर्ने पर्ने काम सम्झने गर्दा उनको मन दुख्छ…

८• श्रीमतीको मन त्यतिबेला दुख्छ जब आफ्नो श्रीमानले आफ्नो माइतीघरको भाउजु बुहारीको बारेमा नराम्रो कुराहरू गर्छ। र आफ्नो भाउजू बुहारीको बारेमा प्रशंसा गर्छ।

९• एउटि श्रीमतीको मन त्यसबेला दुख्छ जब श्रीमानले ऊनीमाथी बिश्वास नगर्ने कुरा गर्छ, उनको अपमान गर्न उनको खिल्ली उडाउन र उनीमाथी हात उठाउन तत्पर रहन्छ।

१०• एउटि श्रीमतीको मन त्यसबेला दुख्छ जब उनले आफ्नो सपनाको बारेमा कुरा गरिरहन्छिन र उसको श्रीमानले उनको त्यस सपना पूरा गर्ने कुरा गर्दैन र बेवास्ता गरिरहन्छ।

११• श्रीमतीको मन त्यतिबेला दुख्छ जब उनको श्रीमानले दुव्र्यवहार गर्छ, उनले गरेको काम हरुमा अब्जस लगाई रहन्छ।

१२• श्रीमतीको मन त्यसबेला दुख्छ जब उनले आफ्नै श्रीमानलाई समय माग्नुपर्छ, र हरेक घरको कुराहरू आफैले गर्नुपर्छ।

१३• श्रीमतीको मन त्यसबेला दुख्छ जब उनको श्रीमानले अफिस तथा राजनीति क्षत्रमा लागेका महिलाहरुसँग हिडडुल गर्छ र घरमा आएपछि उनिहरुको प्रशंसा गर्छ। दिनभर खिचिएका फोटोहरु उनिहरुले पोस्ट गर्दा प्रशंसा गर्दै कमेन्ट गर्छ तर घरको श्रीमतीलाई बेवास्ता गर्छ।

१४• श्रीमतीको मन त्यतिबेला दुख्छ जब सँगै जिन्दगी बिताउने भनेर बिहे गरि ल्याको श्रीमतीलाई दुनियाँ कुरा गर्दै धाक धम्की दिदै डिभोर्स गर्न बाध्य बनाउनुको साथै आफ्नो बसेको घरबार बिगार्न तम्तयार हुन्छ।

१५• श्रीमानले आफ्नो घरको आवश्यकताप्रति संवेदनशील नभैई अरुको आवश्यकताप्रति संबेदनसिल हुँदा श्रीमतीको मन दुख्छ।