कहिले काहीँ चुप लाग्छ मन
न त खुशी लाग्छ
न दुःख नै ठम्याउन सकिन्छ
तर
मनभित्र कतै
घुमिरहन्छ एउटा अनुहार
बिर्सिएकाजस्तो भएर पनि
नबिर्सिने गरी
कहिलेकाहीँ
म एक्लै सोच्छु
यदि उ फर्किएर आयी भने
के म पहिलाजस्तै मुस्कान दिन सक्थेँ त?
कि
मनको भित्ताभित्र
च्यातिएको विश्वास देखेर
उ आफैँ टोलाउँथी?
रोजेको थिएँ तिमीलाई
सबैभन्दा बढी माया दिन
तर
मनभित्रको मौनता
अहिलेसम्म तिमीले सुन्न सकिनौ
कुनै दिन
यदि तिमी फर्कियौ भने
म देखाउँछु
यो मनको चिहान
जहाँ
रोज-रोज मरेका रहरहरु
अझै तिमीलाई सम्झेर बाँचिरहेका छन्।
