कहिलेकाहीँ
एकान्त नै सबैभन्दा ठूलो संगत बनिदिन्छ।
जहाँ न बोल्ने कोही हुन्छ,
न सुनाउने बाध्यता।
तर त्यही मौनता भित्र
आफ्नै आवाज गुञ्जिन्छ।
कहिलेकाहीँ
एउटा बन्द झ्यालले देखाउँछ
सिंगो संसारको वास्तविकता।
कहिलेकाहीँ
एउटा अधखुला ढोकाले
पुरानो आशा फेरि ढोका ढकढक्याउँछ।
कहिलेकाहीँ
मौनता चिच्याउँछ मनभित्र,
तर बाहिर देखिन्छ केवल शान्त अनुहार।
कहिलेकाहीँ
आँशुले बोल्दछ
जुन शब्दहरूले भन्न नसकेको हुन्छ।
कहिलेकाहीँ
उज्यालोको एउटा झिल्कोले
अन्धकार चिरेर आशा जन्माउँछ।
कहिलेकाहीँ
एउटा बोटको हाँगाले
फेरि नयाँ पात लगाउँछ —
बाँच्ने साहस बनाउँदै।
कहिलेकाहीँ
हामी आफूभित्रै हराउँछौं
र फेरि त्यही हराइबाट
आफ्नो साँचो अस्तित्व भेटिन्छ।
जिन्दगी,
कहिलेकाहीँ
एकान्तको गहीराईमा लेखिएको हुन्छ,
र
मौनताको संगीतमा
जीवनको सबैभन्दा गहिरो गीत गुञ्जन्छ।
-मनसरा !!
