आमाले कयौं पटक बोलाएपछि,
बल्ल भान्सा छिर्थें बा ,
अनि भन्थें-अझै कति तातो हो भात?
मेरा बाले,
जवानीमा कहिल्यै खाएनन् तातो भात ।
आफैं बा बनेपछि बल्ल थाहा पाएँ,
भातकै तातो सहन पनि हातमा कडा छाला हुनुपर्छ।
मेरा बाले,
न देखे कहिल्यै पाठशाला,
न त फुर्सद नै रह्यो घुमिहिँड्न।
तर पनि,
मेरो आदर्श हुन् शिक्षाको।
स- साना कुरामा अत्तालिँदा भन्थे,
आँसु दबाउने कुरो हो केटा देखाउने होइन।
त सँग मलाई नै खाल्डोमा पुर्ने पनी हिम्मत हुनुपर्छ।
ब्रेन ट्युमरले सिकिस्त बनाएपछि,
उनलाई लागेछ- अब बाँच्दिनँ धेरै !
उनको मनले खाएका सबैलाई बिन्ति गरे बा ले ,
छोरालाई काम लगाईदिनु ,
हौसला दिनु केटोलाई ।
मलाई हत्तपत्त बोलाएर भने-जीन्दगीसंग नआत्तियस।
आफू नरहनुको डर थिएन, बा लाई ।
बरू,
छोराले हरेस खाला कि भन्ने उनको डर हुनुपर्छ।
साहारा बिहिन होला कि भन्ने पिर हुनुपर्छ ।
हुन त पहिलो पटक आमाले चिनाएकी हुन् `बा´
उनी मेरो दोस्रो नातेदार हुन्।
त्यसपछि तिनकै काँधमा चढेर,
मैले पहिलो पटक देखेको हुँ क्षितिज,
काँधमा बोक्दाबोक्दै,
टाउको उँभो फर्काएर मलाई हेर्दै,
बाले नै भनेका हुन्-
होसियारका साथ चालीस भने पैंताला,
आफैं जोगिन्छ खुट्टाको बुढिऔंला!
अरूसँग त सिधा सिधा नजर हुनुपर्छ।
मेरा बालाई मैले गाउमा कुरेर बस्न सकिन,
तर पनी मेरा बा ले ,
आर्यघाट मै भएपनी मलाई कुरीरहेका थिए ।
तिम्ले छाडेपछी नै एक्लो भएको हु बा ।
बा तिम्रो छातिमा कयौ पटक ,
फकाउदै सुतायौ होला र त ,
आज त्यो बेला देखिएको सपनाहरुले ,
कयौ जुनि एक्लै जिउन सक्ने साहस जुटाएको छु !!
– बा !!