जिन्दगी

कहिलेकाहीँ लाग्छ

भेट हुनेहरू

कहिल्यै नछुटुन

मायाले नजिक ल्याउनेहरू

कहिल्यै टाढा नहुन ,

टाढा भए पनि

मनबाट कहिल्यै नहटुन

तरपनि जिन्दगी

यहा छुट्नुपर्छ

टुट्नु पर्छ

अनि आँखा छोपेर

भएपनि रुनु पर्छ

हामीले चाहेकाहरू

सधैं हाम्रा हुँदैनन्

हामीले बिर्सन खोजेकाहरू

मनभित्रै बसिरहन्छन्

अन्त्यमा त

समयले सिकाउँछ

हार्नुपर्छ नियतिसंग

छुट्नुपर्छ प्रीयजनसंग

“म ” भन्दा ठूलो

कसैको साथ हुँदैन !!

-मनसरा