उ बच्चा भयो
बिस्तारै
जवान ,प्रेमी, बाउ,
लोग्ने ,धनि, गरिव, कवि, कामदार
जंड्याहा, दानि, लडाकु
यात्री, विधार्थि सबै भयो
अनी बुढो भयो !
समय बिते पछि एकदिन
उ थुचुक्क हिसाब गर्न बस्यो
के हुन आएको थियो
के भयो, भएन !
गम्दै जादा
सम्झीयो जो हो उ
त्यो त उ हुनै विर्सेछ
आफु भित्रको आफु मारेर
अरु भएर जीएको रहेछ उ ,
सोच्यो
एउटै जीवनमा
सब थोक
हुन सकिएन
यसपाली यस्तै भयो …मनसरा !!
