पर्खिनु त मनले चाहेको थियो
तर समय हिँडिरह्यो
र म रोकिएँ
बिर्सिनु त पटक्कै थिएन
आफू हिँडेर आएको बाटो
तर बिर्सिएँ
एउटा सपना थियो सायद
ब्यूँझिएँ
र बिर्सिएँ।
कोही थियो बोल्न नचाहेको
सुनें
र बिर्सिएँ।
कतिलाई पो सम्झिनु खै!
मन सम्झन्छ – साथ छुट्छ
साथ सम्झन्छ – मन टुट्छ
पर्खिनु त मनले चाहेको थियो
तर समय हिँडिरह्यो
र म रोकिएँ.
बिर्सिनु त पटक्कै थिएन
आफू हिँडेर आएको बाटो
तर बिर्सिएँ !!
-मनसरा
