फेरि,
म बाट म खसेको जस्तो!
एउटा चकमन्न रात,
सबै तारा खसेको जस्तो,
अधकल्चो सपनामा बिउँझिए पछि,
आधा सन्सार नदेख्दा,
आधा खुसी कतै अलप भैदिदा,
आफू भित्रको कोलाहाल
एकासी हुललिएर आउँदा
सायद,
यहि हुन्छ,
अनपेक्षित घटनाहरुले
सोचमग्न बनाउछन र
मन कठोर बनाउछन!
हि त निउ मात्रै हो मनसरा !
अतित नै चिसा छन भने
अरब मै बसेपनी मन बेस्सरी कठ्याङ्ग्रीदो रहेछ !!
रापले न्यानो दिने भए
मन पोलिएका र आत्मा जलेकाहरु ,
यो अरबमा कठ्याङ्ग्रीनु पर्ने थिएन होला मनसरा !!