बालापन थियो,
केही थिएन
र पनि सप्पै थियो।
बहाना धेरै थिए ।
तर केही चाहाना थिएनन

खेलौना थिएनन्
तर मन खुशी थियो
कुनै सञ्जाल थिएनन्
तर धेरै साथी आफन्त थिए।

दिनभरी डाडा पाखा खोला नाला चाल्दै गर्दा
पेट भरिएको थियो थिएन,
तर खुसीले मन पक्कै भरिएको थियो
उर्जाले जीवन पक्कै भरिएको थियो।
हर्षले मन भरीएको हुन्थ्यो ,
संसार भुलीएको हुन्थ्यो।

गरिबीमा बितेको बालापन थियो
तर आफन्त बाट मिलेको अपमान थिएन
पराइ बाट मिलेको तिरस्कार थिएन
दोस्तिमा मिलेको बिस्वसघात थिएन।

बालापन थियो,
केही थिएन
र पनि सप्पै थियो।
बासुरीको धुन थियो
मादलको ताल थियो
भाले जुधाई ,लुकामारी खेल थियो
तर छलकपट केही थिएन ।

हातमा घडी थिएन
तर समय भरीपुर्ण थियो
न मुल्य न महत्व थियो
इच्छा आकांक्षा थोरै थिए
तर
खुसी कागजको डुंगा बासको फिरफिरेमा थियो।

धुलो हिलो केही थिएन,
जिउ मैलै मैलो हुन्थ्यो
तर सपनाहरु सुकिला थिए
के के थिए होलान् सपना
तर आज जे छु, जहाँ छु
त्यो पक्कै थिएन।