तिमी फिँजाउछ्यौ मनको बहहरु ,
र म पढ्छु तिमीलाई
एकएक, दोहोर्याइ तेहर्याइ
बानी परिसक्यो
सुटुक्क चियाउने तिमीलाई
शब्दका चरहरुबाट
प्रतिबद्ध चन्चल शब्दहरु
सक्दो प्रयास गरिरहन्छन्
पस्कन
तिम्रो मन
तिम्रो दर्शन
र तिम्रो अराजक सुन्दरता
अनि खोपिदिन्छन् मनको क्यानभासमा
उत्तराधुनिक मोनालिशा,
त्यसैले प्रिय
लेखिरहनु शब्दहरु
जसको आत्मामा
तिमीलाई म देखिरहुँ।
-मनसरा !!
