मीठा पलहरू

गढिएका छन्,

मनको कोठाहरूमा,

एक मायालु कविता बनेर ,

म अचम्म पर्छु,

कसरी पलहरू

यति नाजुक हुन सक्छन्  !

कसरी पलहरू ,

यति सान्दर्भिक हुन सक्छन् ,

अनन्त प्रेरणा बन्न सक्छन्  !!

कसरी यादहरु

यति विघ्न प्रिय हुन सक्छन् ।

कसरी पलहरू

अमूल्य बन्न सक्छन् ।।

दिशादर्शक बन्न सक्छन्,

बिझाउन सक्छन्,

उचाल्न सक्छन्,

सांच्ची प्रिय !!

तिमीलाई अचम्म लाग्दैन ??

पलहरू कहिलेकाहीँ ,

सपनाभन्दा सुन्दर हुन्छन् ,

सपनाभन्दा मीठा हुन्छन् !!