बृद्धाश्रममा बस्छन्, आमा-बुबा !
घरमा चै कुकुर पालिन्छ !!
अन्धकारले घेरेको छ मन मस्तिष्क,
तर दियो, मन्दिरमा बालिन्छ !!
बुबा आमा लाई वृद्धाश्रम
मन्दिर लाइ चन्दा हालीन्छ
देखावटी धर्म गर्छौ
तर भित्र अर्कै धन्दा थालिन्छ !!
श्रीमती को गाला चाट्छौ
बा आमा लाई गाली
धर्म हुन्छ भन्दै मन्दिर मा
लाखबत्ती बालीन्छ !!
