कहिलेकाहीँ सोच्छु
त्यो अनजान
यात्रीको यात्रा ,
कहासम्म थियो होला
जो हतासमा थियो,
हतारमा थियो !!
केहि छुटेको जस्तो,
कोहि छुटे जस्तो,
केहि हराए जस्तो,
केहि दिन बाकी जस्तो,
जुन,
उसको अनुहारमा
प्रस्टै देखिन्थ्यो,
साच्चै,
उसको यात्रा
पुराभयो होला कि नाई,
उसको हतारोले गन्तव्य,
भेट्यो होला कि नाइ !!!