खेतबारी बाझै भए के भो र ?
अनलाई सबै हरीहराऊ छ ,
आउ यहीॅ झुटको खेती गरौ ,
भर्मको बिउ छरौ ,
हल्लाको नर्सरी गरौ ,
गोडमेल गर्नै नपर्ने ,
प्रमाण केही भर्नै नपर्ने ,
दिमागभरी गोबर भरौ ,
कानभरी अनेकौ कुरा छरौ ,
कोठामा बसीबसी बिउ छरौ ,
आउ अनी फेसबुकमा भ्रमको खेती गरौ ।
पुराना रीसराग भए एतै साधौ ,
यताउती फर्कि फर्कि भाजौ ,
कुतर्क गरी गरी गाजौ ,
दिमागमा गुन्द्रुक खाजौ ,
सामन्तका भाडा माझौ ,
भ्रम र झुटका अचार सादौ ,
आउ आखामा पट्टी बाधी गान्दारी बनौ ,
अनी आखा चिम्म गरी ,
फेसबुकमा उफ्री उफ्री बिरोध गरौ ,
अनी फेसबुकमा भ्रमको खेती गरौ ।
ठुलालाई धनुष्टंकार गरौ ,
हातै जोडेर पाउ परौ ,
निष्टाभन्दा पर सरौ ,
ईमान्दार भेटे खेदो खनौ ,
दलाल भेटे साक्ख्य बनाउ,
भ्रमको भाई बनौ ,
सामन्तको दाई बनौ ,
गरीबलाई नाई हुन्न भनौ ,
धनीलाई हाई भनौ ,
धनीले खोक्दा पनी आहा ! भनौ ,
ठोक्दा पनी नदुखे झै हाहा भनौ,
भ्रष्टका सामु पाऊ परौ ,
आउ अनी भ्रमका बिउ छर्दै ,
फेसबुके खेती गरौ ।
मसी सकिदैन मनमा लागेको लेखीदिउ,
आफ्नो लंगोटी फुकालेर अर्का कै लाज छेकिदिउ ,
सेयर र कमेन्ट गर्ने जमात छदैछ ,
आफै नागींएर दुनीया हसाईदिउ ,
फेसबुकमा तमासा देखाएर ,
आफुलाई निबस्त्र दुनीया सामु नचाईदिउ,
भ्रम छरेर एकएक गरी फसाईदिउ,
मरी मरी काम गर्नेको,
लुकि लुकि छुरा धसाईदिउ ,
आउ अनी सेयर कमेन्ट गरेर गोत्र हसाईदिउ ।
आउ ईमान र नैतिकताको परीभाषै फेरीदिउ,
कामदारी बनेर दुनीयाको आखामा पट्टी बेरीदिउ,
अबसर आए निकटतालाई हेरीदिउ,
गल्ती गरे बिकटतालाई घेरीदिउ ,
आखा चिम्म गरेर अरुका नाम केरीदिउ ,
अब शब्द कोषकै परीभाषी फेरीदिउ ,
कती सप्रेछ भ्रमको खेती ,
आउ फेसबुकमा कमेन्ट र सेयर हेरीदिउ ।
टाउकाको गिदी बेचेर पेटको बोसो भरौ ,
स्वार्थ मिल्नेको संख्या बढाएर ,
भ्रमको बिउ छरौ ,
दम र दाम हुनेको चरण परौ ,
ईमान र नैतिकताबाट पर सरौ ,
आउ अब फेसबुके खेती गरौ ,
खेतबारी बाझै भए के भो र ?
अनलाई सबै हरीहराऊ छ ,
आउ यहीॅ झुटको खेती गरौ ,
भ्रमको बिउ छरौ ,
हल्लाको नर्सरी गरौ ,
फेसबुके खेती गरौ।
