बर्षौपछि हामी भेटियौं
तर बर्षौं अगाडि
भेटिए जसरी भेटिएनौं ।
म उनको सिउँदोको सिन्दुरमा अल्झिए
खै तिमी मेरो केमा अल्झियौं ।
यसरी बर्षौंपछि भेटेर पनि
एकअर्कामा अल्झियौ ।
सोध्यौं केछ एकअर्कालाई
औपचारीकता निभायौं एकअर्काले
ठिक छ तिम्रो जवाफ
ठिक छ मेरो जवाफ ।
के ठिक थियो सोधेनौं
के ठिक थिएन सोधेनौं
बर्षौपछि भेटेर हामी
बर्षौं सम्मलाई फेरि छुट्टियौं ।
लाग्छ अबका बर्ष छोटा हुन
फेरि केछ भनेर सम्झना लुकाएरै
ठिक छ भन्न पाइयोस्
एकअर्कालाई हेर्न पाइयोस् ।
तिम्रो भरिएको सिउँदो हेर्न पाइयोस्
तिम्रो उजाड मन त कहाँ हेर्न सक्छु र ?
-मनसरा
