तिमी देखिनु वा हराउनु
एकै लाग्छ प्रिय

जस्तो कि
चन्द्रमा र समुद्र
नदेख्दा पनि बाँधिन्छन्

आकाश र ताराबीच
जति नै गहिराई होस्

फरक पर्दैन नि

चन्द्रमा र ज्वारभाटा
आकाश र तारा,

म त
तिम्रो यादमा मख्ख पर्छु

मायाको बन्धन बुझिसकेपछि
तिमी देखिनु वा हराउनु

एकै लाग्छ प्रिय।

तिमी नजिक हुनु वा टाढा हुनु
एकै लाग्छ प्रिय

जस्तो कि
घाम र पृथ्बी
जति नै टाढा हुन्

बादल र सागर बिच
जति नै दुरी होस्

फरक पर्दैन नि

घाम र ताप
बादल र पानी,

म त
आकाश हेरेर मख्ख पर्छु

मायाको सिद्दान्त बोकेपछि
तिमी टाढा हुनु वा नजिक हुनु

एकै लाग्छ प्रिय।