तिमी हाँसेपछि,

गगनका बादल मुस्कुराउनु हुँदैन,

पारिजातका फुलहरू

स्वाभाविक झरिरहनु हुँदैन,

तिमी हाँसेपछि –

केवल तिमीमै जीवन रस खोजिनु पर्छ,

तिमी उदाएपछि ,

जून ताराहरु  उदाउनु हुँदैन,

जूनकिरीहरु

पिलपिल गर्दै पछि लाग्नु हुँदैन,

तिमी उदाएपछि –

केवल मात्र तिमी- उदाउनु पर्छ ,

अनि

तिम्रो प्रिय हिमाल हाँस्नेछ ,

तिमी मन पराउने त्यो निलो आकाश,

सुगन्धले भरिएको –

हावा बग्न थाल्छ

तिमी भएको अनुभूतिमा !!

मनसरा !!