टाढाबाट हेर्दा त
शान्त देखिन्छ चन्द्रमा पनि
धेरै मीठो लाग्छ मौनता
अलिक रमाइलो लाग्छ
एक्लोपन…
भावनाको गहिराइ
तब थाहा हुन्छ
जब,
सुन्छौं, महसुस गर्छौ
बुझ्छौ, भित्रै छिर्छौ
टाढाबाट हेर्दा त
सधैं हाँसिरहेको देखिन्छ मान्छे पनि
सुनेका छौ, मौन रोइरहेको आवाजलाई?
महसुस गरेका छौ, आँखाभित्रको तड्पाईलाई?
अलिक नजिक गएर हेर
फरक
आफैँ बुझ्नेछौ!
-मनसरा
