भर्रखरै विवाह गरेको घरकी एक्ली बुहारी निजी बैंकमा ठूलो पदमा जागिरे थिइन् । उनकी सासुको करिब एक वर्षअघि निधन भएको थियो । घरमा वृद्ध ससुरा र श्रीमान् बाहेक कोही थिएनन् । श्रीमानको आफ्नै व्यवसाय थियो ।
केही दिनयता बुहारीसँग एउटा अनौठो कुरा चलिरहेको थियो । बुहारी घरायसी काम सकेर अफिस जाने बेलामा ससुराले भने, “बुहारी, मेरो चश्मा सफा गरेर मलाई दिन सक्छौ कि ?।” अफिस जाँदा बुहारीलाई ससुराले सधैं चश्मा सफा गर्न भन्थे । कामको दबाब र समयमा काममा निस्कन नपाउँदा कहिलेकाहीँ बुहारीलाई मनमा रिस उठ्छ तर ससुरालाई केही भन्न सक्दिनन् ।
ससुराको यस्तो बानीबाट बुहारी पुरै दिक्क भइन्, उनले पतिलाई सबै कुरा सुनाइन्, बुवाको यस्तो व्यवहार देखेर श्रीमान् पनि छक्क परे तर बुहारीलाई केही भनेनन् , बुबा श्रीमानले आफ्नी श्रीमतीलाई सल्लाह दिए कि बिहान उठ्ने बित्तिकै बुवाको चस्मा सफा गरेर कोठामा राखिदियौ भने यो समस्या समाधान हुन्छ कि भनेर सुझाए ।
भोलिपल्ट बुहारीले पनि त्यस्तै गरिन् र बिहानै ससुराको चस्मा राम्ररी सफा गरेर कोठामा राखिन् तर त्यस दिन पनि त्यही घटना दोहोरिन पुग्यो र अफिस जानुअघि ससुराले बुहारीलाई बोलाएर चस्मा सफा गर्न भने। बुहारी रिसले रातो भइन् तर रिसलाई कन्ट्रोल गर्नुको विकल्प थिएन, बुहारीले जति उपाय गरे पनि बिहान अफिस जाँदा ससुराले चस्मा सफा गर्न अह्राउन छोडेनन् ।
बिस्तारै केहि वर्ष यसरी नै बित्यो । अब बुहारी पनि परिवर्तन भइसकेको थिइन्, बिस्तारै उनले ससुराको कुरालाई बेवास्ता गर्न थालिन् र एक समय यस्तो आयो जब बुहारीले ससुरालाई पूर्ण रूपमा बेवास्ता गर्न थालिन्, ससुराले केही बोल्दा पनि उनले कुनै प्रतिक्रिया जनाइनन् र चुपचाप आफ्नो काममा व्यस्त भइन्, समय बित्दै जाँदा एक दिन वृद्ध ससुरा पनि बित्नुभयो ।
समयको चक्र रोकिनेवाला थिएन, घुमिरह्यो । त्यो दिन छुट्टी थियो, एक्कासी बुहारीको मनमा घर सफा गर्ने सोच आयो, घर सफा गर्न थालिन् । त्यसपछि सरसफाई गर्दागर्दै उनको मृत ससुराको डायरी भेटियो, जब बुहारीले ससुराको डायरी पल्टाउन थालिन्, त्यसको एउटा पानामा लेखिएको थियो:-
“आजको चहलपहल, चरम तनाव र व्यस्त जीवनमा घरबाट बाहिर निस्किदा आफ्ना सन्तानले ठूलाको आशीर्वाद लिन बिर्सन्छन् , तर ठूलाको आशीर्वादले अप्ठ्यारो समयमा सधै कवचको काम गर्छ, त्यसैले त तिमीले चस्मा सफा गरेर झुकाएर मलाई दिईरहदा, मनमनै म तिम्रो टाउकोमा हात राख्थें, किनकी मर्नुअघि तिम्रो सासुले मलाई मलाई भनेकी थिइन्, ‘आफ्नो बुहारीलाई सधै माया गर्नु भन्नुभएको थियो, बुहारीलाई आफ्नो छोरी जस्तै बनाउनु र कहिले पनि उनी आफ्नो ससुराको घरमा छौ भन्ने आभास हुन नदिनु । उनको सानातिना गल्ती लाई आफ्नो अज्ञानता सम्झेर माफ गरिदिनु ।’ यसैले मेरो आशिर्वाद सदैव तिम्रो साथमा छ बुहारी !
डायरी पढेपछि बुहारी रुन थालिन्, आज ससुरा बितेको २ बर्ष भन्दा बढी भैसक्यो तर आज पनि हरेक दिन बिदा हुँदा घरमा, उनी आफ्नो ससुराको चश्मा सफा गर्छिन् र उनको टेबुलमा राख्छिन्, ताकी उनको नदेखेको हातबाट आशीर्वाद प्राप्त मिलिरहोस ।
—
जीवनमा हामी सम्बन्धको महत्व तबसम्म बुझ्दैनौं, जबसम्म हामीले महसुस गर्छौं, त्यसबेलासम्म तिनीहरू हामीबाट टाढा भइसकेका हुन्छन्।
यसैले आफ्ना अग्रजहरु साथमा रहँदा नै सम्बन्धलाई सुमधुर बनाइरहनुहोस्, पछि पछुताएर केही अर्थ छैन
साभार
