कहिलेकहीं –
यसो हेर्छु पर क्षितीजमा

देखिन्छ धेरै पर
खसिरहेको निलो आकाश
र त्यो भित्रको खोक्रोपन

दुरी बनाउँदै गएका केहि थान
चराहरु, अनि
बादलका टुक्राहरुले
चर्काउँदै गरेको घामको मुहार ,

लाग्छ
माईलौं माईल दुरिसम्म
राज गरिरहेछ एउटा शुन्यता

त्यो शुन्यताभित्र
हराउँदैछ कुनै यादको आवाज,
जसले
मनको गहिराइमा
कुनै पुरानो स्पर्श पुनः
जिउँदो बनाइरहेछ

त्यो निलोपनले
भेटाउँछ एक्लोपनको आत्मा
र म चुपचाप
बसेको हुन्छु
उहीँ, जहाँ
सम्झनाको छायाँले
मलाई अँगालो हालिरहेको हुन्छ

त्यो आकाश…
सायद भित्र कतै
मेरो पनि सपना लुकिरहेको छ
जसलाई
म सम्झन डराउँछु,
भुल्न सक्दिन।