१• तपाईंमा यस कुराको दायरा हुनुपर्छ, जस्तो कि तपाईंले जिरो बाट उठ्नु छ र बाबू बाजेको धन सम्पत्ति नमासी आफ्नो बलबुतोमा उभिनु छ भने म (सन्तोष कार्की मौसुफ) जस्तै तपाईं पनि उमेरले २५ नाघेपछि घर छोड्नुहोस, तपाईंसँग प्रयाप्त पैसा छ भने नेपालमै कुनै ब्यबसाय गर्नुहोस् छैन भने पहिला कुन काममा रुचि राख्नुहुन्छ त्यो काम ६ महिना सिक्नुहोस र त्यही कामको लागि बिदेश जानुहोस। ठोकुवाको साथ भन्छु १० बर्ष बिदेश बस्नुभयो भने तपाईंको जिन्दगी बन्छ।
२• आवाज सबैको हुन्छ, तर पैसा नै त्यसको तागत हो। मिहेनत गर्नुहोस्, आफ्नो नाउँमा सम्पत्ति जोड्नुहोस, धन जम्मा गर्नुहोस्। यसमा दुखको साथ एउटा कुरा यड गरे तपाईंसँग धन छ भने तपाईं डाका, बलात्कारी नै भएपनि तपाईंको पाउ मोल्न मान्छे तपाईंको वरिपरि लाग्छन् जस्तैः तपाईंको वरिपरि छिमेक वा नेतालाई नै हेर्नुस्।
३• उमेरले २५ नाघेपछि व्यवसाय सुरु गर्नुहोस् फिजिकल फिट्नेशको लागि ब्याडमिन्टन, टेनिस, भलिबल आदि खेल्नुहोस, सकेसम्म १०-५ को जागिर देखि मुक्ति साथै आत्म बिकास र बित्तीय स्वतन्त्रता हुनुहोस्।
४• जीवन एउटा क्रूर युद्ध हो। जति छिटो तपाईंले मिहेनत गर्नुहुन्छ त्यत्तिनै छिटो तपाईं यस कामबाट बच्नुहुन्छ, संसार क्रुर, निष्ठुरी र छोटो छ।
५• आफ्नो वासनालाई नियन्त्रण गर्नुहोस्। यो तपाईंको भविष्यको सुनौलो सम्झौता हो।
६• केही मान्छेले मात्रै तपाईंको चिन्ता गर्छन्। तपाईंको छिमेकी र समाजका मान्छेले तपाइँलाई जतिसक्दो बिग्रेको सडेको नासिएको र मासिएको हेर्न चाहन्छन। तपाईंको धेरैजसो साथीहरूले तपाईंलाई त्यसबेला छोड्दिन्छन जतिबेला तपाईंको स्थिती डमाडोल हुन थाल्छ।
७• गाह्रो समय बितेर जान्छ। जहिले बिहान हुनु अगाडी अँध्यारो भएरै गुज्रनुपर्छ। शांन्त रहनुहोस र कोही माथि पनि आशा नराख्नुहोस। आफुले आफैलाई कहिले खकुलो नबनाउनुहोस।
८• जीवन एउटा म्याराथन दौड जस्तै हो। धैर्य गर्नुहोस् धैर्य गर्नु भनेको प्रतीक्षा गर्ने समय होइन पर्खाइमा तपाईंले गर्ने व्यवहार हो। स्थिर रहनुहोस, दृढ़ हुनुहोस्, एकदिन तपाईंको रात दिनको मिहेनतले खुशी ल्याउछ।
९• कसैले तपाईंको चिन्ता गर्दैन, कसैले तपाइँलाई केही दिदैन। धेरैजसो मान्छेहरू तपाईंको सफलता देखि जल्ने गर्छन्। तपाईंको असफलतामा को-को तपाईंसँग बोल्न छोड्छन यो देखेर तपाईं हैरान हुनुहुन्छ।
१०• यौन, खाना र मनोरञ्जन को पछि नलाग्नुहोस। यसको पनि एउटा समय आउँछ तर सफल हुनु अगाडी नै यसमा लत बसाल्नुभयो भने कमाउने उमेर सकिएपछि तपाईं दु:खी र निराश हुनुहुन्छ। र जिन्दगी असफ़ल यही कारणले गर्दा भाको हो भन्दै आफुलाई कोच्न थाल्नुहुनेछ्।
११• गाह्रो समय मजबुत मान्छेले बनाउछ। मजबुत मान्छेले राम्रो समय बनाउछ।
१२• तास जुवा र रक्सीको लतले मान्छेलाई बिनाशकारी तिर धकेल्छ र यसले जिन्दगीभर अर्काको नोकर बनाउछ।
१३• यदि तपाईंले कुनै महिलालाई गर्भवती बनाउनुहुन्छ भने जिम्मेवारी लिनुहोस। तपाईंको कच्चा सेक्सको परिणाम हो यो। तपाईंको उमेर जुनसुकै होस जिम्मेवारी लिनुहोस। तपाईं तयार हुनुहुन्न भने साधन प्रयोग गर्नुहोस्।
१४• संसाले तपाईं को हो भनेर सोध्नेछन र तपाईं को हो भनेर थाहा पाउनुभाको छैन भने संसारले तपाईं को हो भनेर भन्नेछन।
१५• यदि तपाईं उच्च स्थानमा हुनुहुन्छ र कुनै अवसरहरुको पहुचमा हुनुहुन्छ भने ती मान्छेहरूको मद्दत गर्नुहोस् जसको क्षमता छ तर उसमा त्यो स्थान सम्म पुग्ने पहुँच छैन। हामी सबै सफलताको लडाइ लडिरहेका छौँ, र बाटो कठिन छ र मान्छेहरु निराशाजनक हुन सक्छन्। एउटा मार्गदर्शन बन्नुहोस कसैको जीवनमा बाधा नबन्नुहोस।
१६• तपाईंको असफलताहरुले कसैलाई चिन्ता हुँदैन। महानताको बाटो लामो, घुमेको र कठिन हुन्छ।
१७• मान्छेहरुले तपाइँलाई निराश बनाउँछन तपाईंले यस कुरालाई चुमचाप अंगाल्नुहोस र यसलाई आफ्नो जीवनमा एउटा क्रूर हतियार बनाउनुहोस।
१८• तपाईंले आफुले आफ्नै रक्षा गर्नुहोस्। यो कसैले तपाईंको लागि गर्दैन। तपाईं आफैले यो गर्नुपर्छ। कोही तपाइँलाई बचाउन आउदैन।
१९• समय फेरि घुमेर आउदैन, यसलाई समयमै उपयोग गर्नुहोस्।
२०• एउटा दृष्टि राख्नुहोस। आफ्नो विकर्षकलाई भोकै राख्नुहोस्, तपाईंको ध्यानलाई फोकस गर्नुहोस्। लक्ष तय गर्नुहोस्। हरेक दिन सन्तोष कार्की मौसुफ फेसबुकमा आएका प्रेरणादायी पोस्टहरु पढ्ने बानी गर्नुहोस् । प्रेरित भएर बाच्नुहोस।
२१• अरुले आफ्नो बारेमा के सोच्छन भनेर चिन्ता नगर्नुहोस्, अरुले भनेका कुरामा ध्यान नदिनुहोस।
२२• बहानाले आजलाई सजिलो बनाउँछ, तर भोलि लाई गाह्रो बनाउछ। अनुशासनले आज कठिन बनाउछ, तर आउने दिनहरुमा सजिलो। कुन रोज्ने हो, त्यो तपाईमा भरपर्छ।
२३• गोजिमा हात राखेर सफलताको भर्र्याङमा चड्न सकिँदैन।
२४• बोको पेट, रित्तो गोजि, र टुटेको मनले जीवनको सबैभन्दा राम्रो पाठ सिकाउँछ।
२५• यदि तपाईंको मन कमजोर छ भने तपाईंको शरीर र आत्माले पनि दु:ख पाउनेछ।
२६• सीप सिक्नुहोस सीप तपाईंको पढाइको प्रमाणपत्र भन्दा बढी मुल्यवान हुन्छ्न।
२७• गल्तीलाई शिक्षाको रुपमा लिनुहोस, र सुधार्नमा ध्यान दिनुहोस्।।
