आफ्नो जिउ भन्दा धेरै भार बोक्ने जातलाई छोरा मान्छे भनिन्छ।

आफ्नो पहिलो तलब आमाबुबा वा आफु बिबाहित छ भने श्रीमतीको हातमा थमाइदिने जातलाई छोरा मान्छे भनिन्छ।

मध्य दिउँसो घाम र बर्खे झरिमा भिज्दै काम गर्नेको नाम हो छोरा मान्छे।

आफ्नो इच्छा बिर्सिएर श्रीमतीको इच्छाहरु पुर्याउने जातलाई छोरा मान्छे भनिन्छ।

र आफ्नो गोजि रित्तो बनाएर छोराछोरीलाई खेलौना किनिदिनेलाई छोरामान्छे भनिन्छ।

समाजसँग लडेर आफ्नो परिवारको हरेक खुशी पुर्याइदिने जातलाई छोरा मान्छे भनिन्छ।

आफुलाई जन्म दिने आमाबुबाको चितामा आगो लगाउने जातलाई छोरा मान्छे भनिन्छ।

यो यात्रा अनन्त छ र यो यात्रामा निरन्तर हिड्नेको नाम नै छोरा मान्छे हो।।