फर्किँदैन भन्थे हिउँद-फर्कियो
जसरी
फेरी फर्किन्छ एउटा वसन्त
एउटा बर्खा
खडेरी
हिउँद…
धैर्य राख्नु-
वर्षौँ अगाडी
दोबाटोमा छुटेर गएकाहरु पनि
कुनै दिन
अचानक भेटिनसक्छन् चौबाटोमा।
समय हो
सधैँभरी सबैकुरा
एकैनास कहाँ हुन्थ्यो र?
धैर्य राख्नु-
आज बत्तिएर
पर पुगेकाहरु पनि
कुनै दिन
बाटो अल्मलिएर
टुप्लुक्कै आइपुग्न सक्छन्
तिम्रै दैलोमा।
आएनन भने सोच्नु तिनी बदलीसके ,मनसरा !!
