अन्धकारलाई गाली गरेर मात्रै त
जाग्दैन प्रकाश पनि,
आफै बलेर उज्यालो बन्नुपर्छ।
बाहिरको भीडले,
भरिँदैन मनको खालीपन,
आत्माको आवाज बुझ्नुपर्छ।
शब्दले मात्रै त,
सम्झाउँदैन पीडा पनि,
मौन भएर सुनिनुपर्छ।
फूलले मात्रै त
बुझाउँदैन वसन्त,
मनभित्र पलाउनुपर्छ।
हावामा उडेर मात्रै त,
उम्रँदैन बिज पनि,
जमीनमा धस्नुपर्छ।
अश्रुको स्वादबाट,
जुनदिन,
म मुस्कानको गन्ध चिनेँ,
त्यो दिन आत्मासँग मेल भयो।
बुझेँ, टुटेँ
र पुन: जोडिएँ…
म चाहनाबाट निर्विकारतासम्म
जुन यात्रा गरेँ,
त्यही यात्रा नै जीवन बन्यो।
