चराचुरूङ्गीले सुमधुर गीत गुन्गुनाएजस्तो लाग्छ ,
सयपत्रीको बिरुवाले पनि नयाँ यौवन पाए जस्तो लाग्छ,
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
गाऊमा लट्टरम्म अम्बा लहरामा काक्रा पाके जस्तो लाग्छ
पोहोर पाकी सेती बाख्रीले पाठो १०/१२ धार्नी भएजस्तो लाग्छ
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
आकाशमा सुन्दर शरदको रौनक छाएजस्तो लाग्छ ,
घामले पनि मुहारमा सुन्दर लाली लाएजस्तो लाग्छ ,
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
वर्षातले छाडेका हिलोमैलो पानीले बगाएजस्तो लाग्छ ,
परदेशिलाई पनि घर–गाउँको यादले सताएजस्तो लाग्छ ,
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
किसानको वर्षात् र खेती थकान मेटाएजस्तो लाग्छ ।
भक्तजनले पापी महिषासुर बध गर्न दुर्गाभवानी बोलाएजस्तो लाग्छ ।
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ …
एकादेश को बालापन,
एकादेश को सपना हरु,
निलो आकाश र रात को झलमल्ल ताराहरु ले अंकमाल गरेको
त्यो एकादेश को दशै
पिङ्ग मा खेलेका यादहरु,
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
आजभोलि का दौड अनि भागमभाग मा कुण्ठित यो मन
त्यो सपनाहरु अधुरै रहे..
परदेशिलाई पनि घर–गाउँको यादले सताएजस्तो लाग्छ ,
कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।
