पर्खाइ थियो
उत्तर खोजेँ
र मौनता सुम्पिएँ।
अवशेष थियो
सम्झना पल्टाएँ
र आँसु सुम्पिएँ।
झरी थियो
मैले खोजेँ
घामको एक छायाँ
र भिज्न तयार भएँ।
चिसो थियो
मैले खोजेँ ,
तिमीले छोडेको न्यानो स्पर्श
र हिउँ बनेर पग्लिएँ।
टुक्रिएको मनमै ब्रह्माण्ड अटाउँदो रहेछ!
मैले बुझ्नुपर्थ्यो
मन भित्रको आकाश फेरेर
धर्ती कहिल्यै स्थिर हुँदैन !!
-मनसरा !!
