रमाइलो छैन गाउँको आफ्नो पारा हरायो
उकाली यथावत छ डाडामा चौतारा हरायो।
पाइप बाट आउँछ खोलाको धमिलो पानी
मुलको सफा कुवा अनि ढुंगे धारा हरायो।

अब शहर या विदेश भयो सबैको सोचाइ
आफ्नै माटो पुज्न खोज्नेको सहारा हरायो।
बाँझो छाडेर जमिन चामल किनेर खान्छन
छैन हलो जुवा कुटो कोदाला सारा हरायो।