बिदेश आए हरपल गाउको याद आउँछ
सबैभन्दा अबस्मरणीय शितलता संगै खुसी दिने
त्यो समी रुखको याद आउँछ,
ज्यान यता भएपनि याद गाउ घरको छ
चाडपर्ब होस या बिहान बेलुकि मान्छेहरु जमघट हुने
त्यो समी रुख को याद आउँछ
बुढा भनि बोलाउने प्यारि घरवाली ,
१गिलास दे वोई बिम्लेकी आमा भनी जिस्किने
माईलौ जोडीको याद आउँछ,
बिर्सनेले बिर्सियहोलान त्यो बालापनका याद
लंगुरबुर्जा ,कौडा देखी सभा सम्म चल्ने
लिंगेपिङ र लठ्टेपिङ र समी रुखको याद आउछ
सात समुद्र तरेर जति टाढा गए पनि
मनमा गाउ र त्यो समीरुख
को याद आउँछ !!
-सबिन किरण