कहिलेकाहीँ तिम्रा यादहरु

अनौठै गहिरो लाग्न थाल्छन्

बिना सोधपुछ आइपुग्छन्

धुवाँजस्तै

ओताईदिन्छन् चुपचाप

कहिले सताउँछन्

कहिले बताउँछन्

फेरि कहिले तीनै सपनाहरूले

हल्का उडाउँछन्

सवारी दिन्छन् तारामाथि

गुन्जाउँछन् मधुर सङ्गीत

र उज्यालो बनाइदिन्छन् यात्रा

फेरि कहिले तिनै यादहरु

जुरुक्क उचाल्छन्

सवार गराउॅंछन् बादल माथि

बजाउॅंछन् सुमधुर धुनहरु

र उत्सब बनाईदिन्छन् जिन्दगी,

त्यसैले म कन्फ्युज्ड हुन्छु,

के तिम्रा यादहरु

रंगिन छन्

या त श्यामश्वेत?