किसानको छोरोले माटो बिर्सियो,
सहरबाट गाउँ जाने बाटो बिर्सियो ।
जहाँ खेल्थ्यो घाममा नांगै ,
उहीँ गल्ली, चौतारी, घाचोट बिर्सियो ।
पसिना त सबैको उस्तै हैन र?
मुग्लानले लान जान्यो ,फर्काउन बिर्सियो ।
माटोको सुगन्ध, त्यो खेतको बहार,
बेंसीको छाप्रो, त्यो बाघ मारेको सार ।
आमाले गाई दुहेर पार्थिन् जो आँसु,
त्यो माया, त्यो दूधको स्वाद बिर्सियो ।
विदेश छिरेको उ युगौं युग भयो,
फर्केन नेपालको बाचो बिर्सियो ।
जुन आँगनी खेल्थ्यो, जुन मन्दिर जान्थ्यो ,
त्यो शंखको ध्वनि, त्यो घाँटो बिर्सियो ।
