भर्याङ्ग चढेर उक्लिएकाहरु
भर्याङ्ग चढ्दैगर्दा बिर्सिसक्छन्
तल
विशाल जमीन छ।
पखेटा जोडेर उडेका चराहरु
आकाशमा पुग्दैगर्दा बिर्सिसक्छन्
तल
विशाल धर्ती छ।
समुद्र तार्दै गरेका माझीहरु
छालमाथि डुङ्गा हाँक्दैगर्दा बिर्सिसक्छन्
तल
गहिरो पानी छ।
सपना बुनेर हिँडेकाहरु
उचाइ छुँदैगर्दा बिर्सिसक्छन्
तल
साधारण जीवन छ।
सिँढी चढेर महल पुगेकाहरु
सिंहासनमा बस्दैगर्दा बिर्सिसक्छन्
तल
सानो झुप्रो छ।
पैसा कमाएर धनी भएकाहरु
बङ्गला बनाउँदैगर्दा बिर्सिसक्छन्
तल
खाली खुट्टा छ।
पदवी पाएर मन्त्री बनेकाहरु
गाडी चढ्दैगर्दा बिर्सिसक्छन्
तल
हिँड्ने बाटो छ।
नाम कमाएर सेलिब्रेटी भएकाहरु
क्यामेरा अगाडि हाँस्दैगर्दा बिर्सिसक्छन्
तल
एक्लो कोठा छ।
शक्ति पाएर शासक बनेकाहरु
आदेश दिँदैगर्दा बिर्सिसक्छन्
तल
निरीह जनता छ।
उडान भरेर अन्तरिक्ष पुगेकाहरु
तारा हेर्दैगर्दा बिर्सिसक्छन्
तल
नीलो ग्रह छ।
भर्याङ्ग चढेर उक्लिएकाहरु
भर्याङ्ग चढ्दैगर्दा बिर्सिसक्छन्
तल
विशाल जमीन छ।
यो मान्छेको स्वभाव हो मनसरा !!
