भो सम्झाउँदिन अब घाउ अझै पोल्छ भनी,
शब्द त ठेस हो नि मुटु चर्काउने कुरा !!
टाढा बस्न त सजिलो होला,
तर याद आउने त रोकिदैन कुरा !!

भो छोडीदेउ जुनीजुनी हुन्छु भनी,
ताराजस्तै झरेर हराउने कुरा !!
ओखती भए दिएर जानु,
टुटेको विश्वास जोडिँदिने कुरा !!

भो सम्झनामा बस्दिन भनेर हाँसे पनी,
भित्रभित्रै रुने मनको कुरा !!
दुनीयालाई ढाटेपनी मौनताले सम्झाउछ,
मौनतामा गुम्सिएको सत्यको कुरा !!

भो बिर्सिन्छु तिमीलाई अब सजिलै भनी,
नबिर्सनु आँखाभरि भरिएको सपना थियौ तिमी भन्ने कुरा !!
भो आश नगरे हुन्छ फेरि पलाउला भनी,
नङ भाँचिए जस्तो होईन नि मन भाँचिने कुरा !!

भो नभन नमिठो सपना देख्दिन भनी,
बिगत त आँखा मै झुल्किने कुरा !!
टाढा बस्न त सजिलो होला,
तर याद आउने त रोकिदैन कुरा !!

– मनसरा