हेरिरहेछु झ्यालबाट
निस्तब्ध साँझ
टाढाका बत्तीहरूको झिलिमिली
मौन चिसो हावा
मौन ताराहरू
मौन चन्द्रमा
आलस्यले छोएर मेरो मन !!
अल्छी मान्दै घडीको सुई चलिरहेछ
टिक टिक टिक ….
एउटा पतंग भएर हावामा
लहरिन्छ रातको निस्तब्धतामा
र गायब हुन्छ
बढ्दै जान्छ
मेरो एकान्तको गहिराइ
“गुडनाइट, स्वीट ड्रिम्स”
खै किन हो
बोल्नै मन लाग्दैन
फोनको स्क्रिनमा टकटकी
रात झन् गहिरिदै जान्छ
तर खै किन
म यहीँ बसेर हेरिरहन्छु
शून्यतामा डुबेर बसिरहन्छु।
बस्ती बिस्तारै झकाउन थाल्छ
तर खै किन
म बाहिर नै हेरिरहन्छु
मौनतामै रमाईरहन्छु !!!
