आधा बाटोमै छुट्छन्
साथ हिँडेकाहरु पनि
जसरी
आधा बाटोमै छुटिरहेछन्
जीवनका सपनाहरु।
आधा बाटोमै रोकिन्छन्
सपना देख्ने आँखा पनि
जसरी
आधा बाटोमै हराउँछन्
रुन नपाएका कथाहरु।
आधा मुस्कान
आधा न्यानो
आधा मौनता…
म आफैँ
आधा मन सम्हालेर हिँडिरहेछु
तिमी नै भन न!
तिमीलाई सिङ्गो ‘म’ कसरी दिऊँ?
-मनसरा
