कल्पनाको अग्निमा जलेर वास्तविकतामा रोएको छैन

जलेर आकार लिएको फलाम डढेलोमा जलेको छैन !!

 

जमिनले दिएको साथ बिर्सेर सराप्नेले बुझोस्,

पानीमै बसेको हिमशिला पानीमा डुबेको छैन !!

 

हैसियत बनाएर खस्नु पर्ने रहेछ, भुइँमा खस्दा पनि,

हजारको टिप्यो, पाँचको नोट कसैले टिपेको छैन!!

 

हरकोही खुसी हुने आधार छ, किन दुःखी हुने ?

भुइँको नखोज्नू, अझैसम्म पोल्टाको खसेको छैन !!

 

दुनियाँ टाढा भयो भनेर के चित्त दुखाउनू ?

मनकै मान्छेले मनमा बसेर मलाई चिनेको छैन !!

-मनसरा !!