म मरेको दिन म सङ्ग लाखौँ सपनाहरु मर्ने छन्,
तिमीले दिएका घाउहरू मर्ने छन्,
तिमीसंग बिताएका पलहरु मर्ने छन्,
सबथोक मर्ने छन्,
तिम्रा लागी काडाहरु पन्छने छन ,
तिम्रा बाटोहरु खुल्ला हुनेछन ,
तिम्रा सपनाहरु साकारतर्फ अघी बढ्नेछन ,
तिम्रा मन हलुगां हुनेछन
मात्र तिमीसँग मेरा यादहरु जीवित हुने छन् ,
र यादहरुलाई दबाउदै भन्नेछेउ ‘ अलबिदा ‘
-प्रणय दिबश
