बाटैबाटो आएको थियो ऊ,

बाटो खोज्दै।

मैले औँला तेर्स्याएर देखाइदिएँ,

निभ्नै लागेको क्षितिजको सूर्य,

र आँखैअगाडी तमतन्न बाटो।

कतै त जानु थियो होला उसलाई,

कहाँ पो जानुथियो?

बिर्सिएँ..

बाटो हो,

यात्री भेटिन्छन्- छुट्छन्,

जोडिन्छन्- टुट्छन्,

ठिक त्यसैबेला,

मैले,

मेरा पुराना यारहरु सम्झिएँ !!

– मनसरा !!