बेला बेला सोच्छु

समयको पनि समय हुँदो होला की नाई !

न ,
एक रुप
एक चित्र
एक आकृती…

कतैबाट आएर

कतै जाँदै गरेको-

कता जाँदो हो है साँची?

यात्री हो कि यात्रा हो?

सास फेर्छ या निस्प्राण छ?

स्थिर छ या गतिमान्?

बेला बेला सोच्छु

अनन्त समयको पल्लो पाटो

के होला है त्यहाँ?

साँची,

समयको पनि मृत्यु हुँदो होला की नाई मनसरा ??