-पात्र :बैरागी माईला ।
-साभार :सबिन किरण
बैरागी माईला एक उदारणिय संघर्षसील ब्यक्ती हुन जसले एक गरीब परीवारमा जन्म लिन्छन तर उनले जिन्दगीमा गरीबी हुनुको कहिले कुनै गुनासो गरेनन् ।संघर्ष हो जीवन सोच्थे ।धनका गरीब भएनी मनका धनी थिए मायालु थिए सबैले माया गर्थे उनीपनी सबैसंग मिल्थेजुल्थे ।बढ्दै गए बेंसी र टारीखेत बनजंगल डाडापाखा संग मितेरी गास्दै गए ।बाबा आमाले दु:ख गरेर भएपनी उसलाई पढ्न स्कुल पठाऊछन ।स्कुलमा उस्ले धन भन्दा असल मन कयौ गुणा ठुलो हुन्छ भन्ने सिक्दछ ।२ छाक खानाकै लागी बा-आमाले गरेको दु:खमा उ पनी हातेमालो गर्दथ्यो ।सानै भएनी उसलाई घरखेतका काम सबै थाहा थियो ।उसका बाबाको चाहना छोरो सधै साथ रहोस भन्ने थियो बनजंगल खेतबारी ,सदरमुकाम जहाँ गएनी संगै लिएर हिड्थे ।उ बा को प्यारो थियो ।गरीब भएनी गरीबीको कहीले अनुभव गर्न दिएनन उसका बा ले ।
बाबाको खिएको नंग र आमाको नाम्लोले थिचिएको थाप्लो भने उसको मनमा ताज़ै छन अझ ।
नौ नौ महीना कोखमा राखेर जन्मदिने आमा मात्र हैन आमाको छातीमा दुधको कमी नहोस भनी बाबाले दश नंग्रा खियाएको उसले कहीले बिर्सदैन ।एकदिन अचानक बज्रपात पर्छ उनका बुबा एक्कासी ओछ्यान पर्छन ।उपचारको लागी अस्पताल लैजान्छन तर आर्थिक अभाव र बाबाको रोगको कारण उपचार सफल हुन सक्दैन केही महिनामै बाबाको देहशान हुन्छ ।बाबाको अल्पायु मै मृत्यु भएपछी उसले दुनिया बुझ्दै गए संसार उनले देखे जस्तो सजीलो रैनछ जसरी उनले स्कुल पढ्दा ग्लोब घुमेको गुरुहरुले देखाऊनु भएको थियो ।त्यो भन्दा बिलकुलै अलग रहेछ पृथिवी को गती ।
गरीबीकै कारण बाबु बितेपछी धनी हुने ईच्छा जाग्छ उसलाई र उ शहर छिर्छ ।एस.एल.सी पास गरेको उ काम गर्न भनेर काम खोच्दै जादा एक रेस्टोरेंट मा पुग्छ ।कुनै अनुभव नभएको कारण उसलाई भाडा माझ्ने काम दिन्छन ।उसले आफ्नो काम बडो ईमान्दारीताका साथ निभाउछ ।सानैदेखी मेहनती भएको कारण उसले झन धेरै मेहनत देखाऊछ ।उसको मेहनत देखेर हाकीम प्रसन्न हुन्छन फलस्वरुप केही मैनामै उसलाई बडुवा गर्छन ।बाबा हुदा र नहुदाको फरक उसले बाबाको मृत्यु पच्श्यात छरछिमेक आफन्तको हेपाई बाट प्रष्ट अनुभव गर्छ ।गरीब भएनी पैसाको महत्व थाहा नभएको बैरागी माईलो बाबाको अल्पायुको देहशान ,आफन्तको हेपाई अरुको हेर्ने नजर देखेर अब पैसा के हो पैसा ले के के गर्छ प्रष्ट जान्दछ र उ पैसाकै लागी बिदेश पलाएन हुन्छ ।
बिदेशमा नी आफ्नो मेहनत ईमान्दारीता कायम नै राख्छ र सफलता हासील गर्दै जान्छ ।
केही सालमा जग्गा जमीन जोड्छ र शहरमा घर बनाऊछ ।पहीले पैसाकै कारण आफन्त छरछिमेक संग हेपाईमा परेको माईलो अब आफन्तको नजरमा दुश्मनीमा परीनत हुन्छ कयौ संजाल बुनीन्छ कसरी यसलाई सखाप पार्ने भन्ने ।उसलाई सहयोग गरेजस्तो गर्छन अनी खाल्डोमा हाल्छन ,फेरी अर्कों आउछन पु:न त्यसै गर्छन ।
अब सबै पराई भैसकीन आफ्ना आफन्त सबै एकपंग्ती भैसके ।उ हरबखत बाबाको सम्झना गरीरहन्छ तर त्यो अब सम्झना मात्रै रहे उनका लागी ।माईलो हेर्दा हेर्दै माईलो बिलकुलै एक्लो भयो ।एक्लै जन्मेको थिए एक्लै भए भन्दै चित्त बुझाऊछ माईलो र मौन बसीरहन्छ आफ्नो काम भने बडो ईमान्दारीताका साथ निभाउछ र हाकीमको प्यरो नै छ ।दुनीया एक तरफ आफनो ज़िन्दगी एक तरफ एक्लो भएको महसुस गर्दै जिन्दगी नजिउने निर्णय नी गर्छ तर उ त्यो गल्ती गर्दैन किनकी उसलाई प्रत्यक चोटले कठोर बनाईसकेको छ ।उ निरन्तर संघर्ष गरीरहेको छ पहीले धनी बन्नका लागी त अहीले आत्मा सन्तुष्टि को लागी ।
बैरागी माईलाको ज़िन्दगीमा जति बिसाएपनी थकाई नमेटिने पिडाका भारीहरु छन् ।
जिन्दगिले गराएको उकालो ओरालीहरुमा कहिलेकाही खुसि “खुइssssssय्य” सुस्केरो हाल्दै कराउछ ।
राम साइला ! … भोलि पनि त
सबेरै हिड्नुछ
समयले देखाएको गोरेटोमा
एक भारी पीडा लिएर
अनि
घाम न अस्ताउदै फर्कनुछ
थोरै खुइssss य्य लिएर !!!
क्रमश……..
