जीन्दगी भन्नु आखीर,
केही साँचेका सपना,
केही टुटेको मन,
केही आशाका तरँग,
केही टुटेका वचन,
केही मिठा साथ र मिठा याद,
अनि केही तिता पाठ त रहेछन नी ,
खुसि भन्नु आखीर ,
बालुवाको घर त रहेछ नी ,
जसरी परेलाको पानी
शान्त रहँदा सम्म अग्लिन्छ |
जसरी रहरका टापुहरु ,
यथार्थको हुरिले
नछुँदा सम्म ठडिन्छन्
जसरी सपनाका महलहरु ,
वाध्यताका पर्खालले
नछेक्दा सम्म देखिन्छन् |
मन भन्नु आखीर ,
फुल्दै जानू,
बिस्तारै ओइलिँदै जानू
आफैं रित्तिँदै जानू
अनी
फेरि भरिँदै जानू
कसैलाई सम्झँदै कसैलाई बिर्सिँदै जानू ।
कसैलाई बिर्सने बहानामा अझ याद गर्नु ।
यस्तै यस्तै त रहेछ नी !!
अपुरा सपनाहरु भ्रम हुन् मनसरा ,
अधुरा रहरहरु बाटोका तगारा हुन् ||
सपनाहरु चुहिएर मन भिज्दा ,
चिसो लाग्ने त जिन्दगीलाई नै रैछ नी मनसरा ॥
