र पनी चौतारी कहिल्यै गएन,
जानेहरु सँगै गन्तव्य सम्म !!
न त हतार नै गर्यो,
आउनेहरुको स्वागतमा !!
न त कहिल्यै सोध्यो,
कहिले फर्कन्छौ भनेर !!
न त कहिल्यै नै भन्यो,
नआउने हरुलाई,
किन आएनौ भनेर !!
आउने जाने यात्री बद्लिए,
दौँतरी बद्लिए,
अह चौतारी बदलिएन !!
पाइला बद्लिए ,
गनतब्य बद्लिए,
अह बाटो बद्लिएन !!
दिन रात बद्लिए,
पालुवा बद्लिए,
अह बर ,पिपल बद्लिएन !!
र पनी चौतारी कहिल्यै गएन,
जानेहरु सँगै गन्तव्य सम्म !!
न त हतार नै गर्यो,
आउनेहरुको स्वागतमा !!
मात्र हेरीरह्यो ,सुनिरह्यो
बटुवाहरुको कथा !!
त्यो चौतारी र म
हामी उस्तै छौ मनसरा !!
