भन्थ्यौ नि हैन
अन्तिम समयमा पनि
म अन्त्यबाट सुरुवात गर्नेछु भनेर!
तर थाहा छ?
अन्तको अन्त्य
केवल अन्त्य हुन्छ।

बगेको पानी फर्किन्छ र?
बहेको हावा फर्किन्छ र?
उडेको धूलो कहाँ खस्छ?
झरेको पात जोडिन्छ र?

बाँचेको दिन भन्छौ
तर मरिरहेछौ हरेक दिन
बुझ-
अन्तिम समयमा
केवल
अन्त्य रहन्छ।